काठमान्डुका राम्रा न नराम्रा पक्षका बिषयमा लामै बहस होला, त्यो मेरो काम होइन, विद्वानहरुले गर्नुहुन्छ । यहाँ भनिएको काठमान्डौ काठमान्डौ उपत्यकाको खाल्डो हो, जस्मा आजसम्मको भोगाइमा मैले देखेका अन्त नपाईने या कम पाइने 'युनिक' सिद्दान्त र नियमहरु छन् । कसैलाई घोच्नु या ठुलो मान्छे बन्नु मेरो उद्देश्य होइन, जे देखें, त्यही लेखेर पोस्ट गर्देको मात्रै ।
काठमान्डुमा भेटिने केही "डेड्ली" नियम र सिद्दान्तहरु :-
Image may be NSFW. Clik here to view. ![]() |
Footpath sale supermarket image : httpallysonjohnson.comtagkathmandu |
१) सडकपेटी बटुवाको लागि होइन । यो त निर्माण सामाग्री थुपार्ने र सिमेन्ट रड घोल्ने ठाउँ हो । त्यस्बाट बचेँका ठाउँहरु सधैं हतार भैरहने मटरसाइकल कुदाउनका लागि हो । सडकपेटी नाथेमा यसै पनि मान्छे हिंड्न हुन्न, सडक हुँदा हुँदै को हिंडोस् ?
२) आकाशेपुल बाटो पार गर्न बनाइएको होइन, यो त त्यहाँ बसेर शहर हेर्न र पानी जमेको बेला हिंड्न बनाइएको हो, अरुबेला त्यस्को कुनै काम छैन, चिल्लो सडक (भएदेखि) बाटै हिंड्नपर्च ।
३) सडकपेटिमा पसल थाप्नु हरेक नेपालीको नैसर्गिक अधिकार हो, यो कसैले खोस्न सक्दैन । नगरपालिकाको "खैरे" पुलिस आएसी कुम्ला टिपेर भागन सक्ने हुनु बाहेक कुनै योग्यता चाहिन्न यो कामको लागि ।
४) सवारीको हर्न बजाइरहने चीज हो, अझ अस्पताल या स्कुल, कलेज, अफिस अगाडि पुगेपछी बेस्सरी हर्न थिच्यो भने ठुलो मान्छे भैन्छ र भित्र रहनेलाई फोकटको मनोरन्जन हुन्छ । साथै, अगाडिको गाडी नै गाडी या ठुलै जाम भए पनि हर्न थिचेसी गाडी उड्न थाल्छ र बाटो खाली हुन्छ ।
५) सडक विद्यार्थी संगठन र अरु भुस्तिघ्रेका साथै डलर खेती किसानी गर्नेहरुको 'बापका माल' हो, उनीहरुको निगाह भएका दिनमात्र खुल्नेगरी 'लिज'मा दिइएको, जहाँ उनीहरु चाहिएको बेला निस्केर रमिता गर्न सकुन् ।
६) पुलिसको काम वाल्ल परेर घाममा बस्ने, सवारीका बेक्ला मान्छेहरुलाई अपशब्द बोल्दै घोक्राउने र जस्ले जुलुस निकाले पनि "स्कर्टिङ" गर्ने हो । साथै बन्द गर्न सहयोग गर्ने काममा पनि पुलिस दाजुभाइको 'खतरनाक' भूमिका हुन्छ । जनताको शान्ति सुरक्षा आँफैं गर्नपर्छ, त्यस्ता नाथे काम गर्ने फुर्सद पुलिसलाई छैन ।
Image may be NSFW. Clik here to view. ![]() |
Micro Trips at kathmandu : source :( httpchandledevor.blogspot.com2007_07_01_archive.html) |
७) मोटरसाइकल भन्ने जिनिस शहरका सबैभन्दा "भीभीआइपी" जिनिस हुन्, जताबाट जुन गतिमा लगेपनि हुन्छ, जाममा रोक्ने फुर्सद हुन्न । कसैले केही भन्यो भने यस्सो छड्के परेर 'ड्यासिङ' लुक दिए भैहाल्यो ।
८) कपडाको लम्बाइ बढाउने, मोबाइल चेक् गर्ने या कार्ड चेक् गर्ने गरेपछि स्कुल कलेजमा "खत्रा" पढाई हुन्छ, गतिलो पढाउने मास्टर खोज्नु, या पाठ्यक्रम सुधार गर्ने लगायतका काम बेकार हुन् ।
९) कालोबर्णका र तराइमुलका सबै "इन्डिएन", "धोती" या "भैया" हुन्, दोश्रो श्रेणीका नागरिक, तिनिहरु इन्डियाबाट ठग्न नेपाल आएका हुन्, तिन्लाई जे भनेनी हुन्छ । तिनिहरुसँग "हे' लगाइ लगाइ सकी नसकी हिन्दी बोल्नुपर्छ ।
१०) बिहान दिउँसो बेलुका हिन्दी गीत सुन्ने, फिल्म हेर्ने र सबैथोक उतैको खाइपीइ गरेर चर्का स्वरमा भारतलाई गाली गरेसी "राष्ट्रबादी" भैन्छ, नत्र "नो चान्स" ।
११) कर जनताको लागि हो, त्यही भएर काठमान्डुमा कर तिर्नु खासै पर्दैन, यसै नि जनताले नै पाउने हो, आँफैं राख्न पर्छ । तर चर्को स्वरमा देश किन बिकास हुन्न भनेर प्रबचन दिन पाईन्छ, कसैले छेक्न सक्दैन ।
१२) ५-७ वटा पसल या ब्यापार अथवा ५-७ ठाउँबाट तलब खाएपनी एक ठाउँको आम्दानी देखाएर कर तिर्ने हो । "बेसिकल्ली" कर भनेको तिर्ने चीज नै होइन, छल्ने जिनिस हो ।
१३) नगरपालिकालाई गाली गर्दै फोहोर जहाँ फालेपनि हुन्छ । पान खाएर सडकमै थुक्नुपर्छ अनि बल्ल आनन्द आउँछ । जंक फुडका बोक्रा लगायतका फोहोर सडकमै फाल्दिने हो, डस्ट बिनहरु देखाउनका लागि राखिएका हुन् । अझ लुसुक्क नदेख्नेगरी गएर अर्काको शटर अगाडि फोहोर थुपार्दिन सक्नेहरुलाई त स्वर्गानुभुति हुन्छ, कुरै छैन ।
Image may be NSFW. Clik here to view. ![]() |
Cows on the road of Kathmandu, image : httpwww.ekantipur.comthe-kathmandu-post20120828related_articlesanimal-deaths-on-road-who-is-to-blame238937.html |
१४) चाडबाड भनेको सडकमा मनाउने चीज हुन्, चाडबाड मनाउन जुलुस निकाल्न पर्छ ।
१५) अर्कालाई सकस दिनेगरी पब्लिकमा चुरोट नखाए "कूल ड्युड" या नेपाली नागरिक भैन्न । फिटिक्कै ।
१६) माइक्रो भन्ने डब्बामा जति पनि मान्छे हाल्न पाईन्छ, जता फर्काएर जसरी कोचे पनि पाईन्छ, ति सबै 'सिट'हरु हुन् ।
१७) सडकका खाल्डाखुल्डी अरुलाई हिलो छ्याप्न बनाइएको हो, त्यसै पनि हिलो छ्याप्नु हाम्रो मुख्य पेशा हो ।
१८) सरकारी कर्मचारी सबै कामचोर र घुष्याहा हुन्, करोडौं कमाउछन् । बाँकी सप्पै ज्ञानी हुन्, फटाफट काम गर्छन् ।
१९) कसैको गलत कुरा देखाउनु नकारात्मक हुनु हो, त्यसले कनेर भएपनि उल्टापाल्टा कामलाई सकारात्मक भन्नु पर्छ, त्यसो भएसी देश 'नाथे' त्यसै बिकास हुन्छ र बुद्धिजीबी बर्गमा गनिन त यो क्वालिटी नभै हुन्न ।
२०) शहरीया हुन कनेर घाँटिको किल्किले नचाएर "आँच" गर्दै मोडर्न बोल्नुपर्छ, कब्जीयत भएर गोटा परेको बेला जस्तो कन्दै पुराना स्रस्टाका गीतको "माँ बेहेन" गर्नु नयाँ पुस्ताको कर्तब्य हो ।
२१) मोबाइल अफ गर्नु भनेको ठाउँमा ठुलो स्वर "मुन्नी बदनाम हुइ" या "शिलाकी जवानी" को रिङ्गटोन बजेपछि ठुलो मान्छे भैन्छ ।
२२) शहरमा पुरुषले महिलालाई केही भन्यो भने मात्रै भेदभाब हुन्छ, महिलाले चिच्याइ चिच्याइ पुरुषलाई सरापे पनि भेदभाब हुन्न । त्यस्तै बाहुन या कथित माथिल्लो जातले जातभातका कुरा गर्नु छुवाछुत हो, कथित तल्लो जातले त "टपरी" आदि इत्यादी भनेर सराप्दा नि जातीय भेदभाब फिटिक्कै हुन्न ।
२२) कुनै दुकानदारले पनि मूल्यसूची टाँस्नु पर्दैन, यो सरकारको काम हो । सामान आफुलाई मन लागेको लेबल टाँसेर बेच्दा भयो ।
२३) सरकारी अफिस एक दिन बढी बन्द गरेर सबै आफ्ना भरौटेहरुलाई लाइसेन्स दिएपछि देशको लोडसेडिङ घटेर स्वाहा हुन्छ ।
२४) बैकबाट सक्दो लोन लिएर टाइसुट लाएर बिदेसी सामानको दलाली गरेपछि उध्योगपति भैन्छ, लोन तिर्नु पर्दैन के भो र ?
२५) टोल टोलका बेकामेहरु सब 'डन' हुन्, सिधै 'माथि' कनेक्सन भएका, सर्बसाधारण हरुले उनिहरुको नियम मान्नुपर्छ ।
२६) पत्रकारहरुलाई केही भन्न हुन्न, दुर्व्यबहार हुन्छ । पत्रकारले जे लेख्दे नि हुन्छ, त्यो 'प्रेस स्वतन्त्रता' हो ।
२७) बिहा गर्दा सबैलाई डिस्टर्ब गर्नुपर्छ, जेनेरेटर चलाएर भएपनि रात बिरात हुलदंगा गर्नुपर्छ, अनि पो शहरीया भैन्छ ।
२८) ताइ न तुइका बाङ्गाटिङ्गा धेरै जसो कहिले कर नतिर्ने साइनबोर्ड राखेर बचेँको जति ठाउँ अनाबस्यक नेपाली फिल्मका पोस्टर टाँस्न र कहिले पुरा नहुने नारा लेख्न हो, यस्मा तिन्कै 'कपीराइट" छ । पोस्टर जता फर्काएर जसरी टाँसे नि हुन्छ ।
२९) सहरमा भएका सबैजसो तन्दूरी रोटी पसल "लुम्बिनी" हुन्, भट्टी चाँही आमाको, दाजुको, दिदिको, फलानाको हुन्छन् ।
३०) शहरमा भएका बस बिसौनीहरु पोस्टर टाँस्न, पानी परेका बेला मान्छे ओत् बस्न र सडक बालकहरु सुत्न बनाइएका हुन्, मान्छेहरु त्यहाँ चढ्नु र ओर्लिनु हुन्न । ढोका अगाडिबाट चढेर भनेकै ठाउँमा ओर्लिनुपर्छ !
३१) सरकारी क्याम्पसहरु फिरिमा कबिता सम्मेलन र पार्टिका भातृ संगठनको भेट्घाट गर्ने ठाउँ हुन्, बिदाका दिन त त्यस्ताको भीड हुन्छ त्यता । पढाई नभए पनि बाल हो ।
३२) काठमान्डु बन्द गर्न सबैभन्दा सजिलो शहर हो, जस्ले गर्दिए नि बन्द हुन्छ । आजकाल त १ घण्टे, २ घण्टे, ४ घण्टे फेसन छ यतातिर ।
Image may be NSFW. Clik here to view. ![]() |
Movie posters on wall of Kathmandu (image by : httpwww.maxdrukpa.com201203photo-leftovers-from-nepal ) |
३२) बाटो काट्नेहरु सब "स्पाइडरम्यान" हुन्, उनीहरुले ट्याँस्स हात तेर्साइदेसी गाडी रोकिनुपर्छ !
३३) पिसाब जता फेर्दे नि हुन्छ, मान्छे बेस्सरी जम्मा हुने ठाउँबाहेक कुनाकाप्चा सब यी "खुली हवा"वालाहरुबाट अतिक्रमित छ ।
३४) पसलमा गयो भने भन्ने र दिने मुल्य आकाश पाताल् हुन्छ । २०% डिस्काउन्ट त सिधै मिल्काउँछन् धेरैजसोले । जसरी नि बेच्न पाइनु यस्ता ब्यापारीहरुको संबैधानिक अधिकार हो ।
तपाईं सक्नुहुन्छ भने थप्नुस् कमेन्टमा, बादबिबाद र गाली गलौज मेरो अभिप्राय होइन ! सभ्य बन्नु जरुरी छ, साना कुराबाट संसार परिवर्तन हुने हो !